दुई दिनमा ११५ अंकले बढेको बजारमा उच्च अंकले घटेर २००० को बिन्दुमा झर्‍यो, कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबार दिन शेयर बजार ओरालो लागेको छ । आइतबार र सोमबार उच्च अंकले बढेको शेयर बजार आज ओरालो लागेको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा ११५ अंकले बढेको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।

घटेको बजारमा पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत,युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ।

 यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ भने रिभर फल्स हाइड्रोपावरको ५.९९ प्रतिशत,सबैको लघुवित्तको ५.१३ प्रतिशत र पोखरा फाइनान्सको ५.१० प्रतिशतले घटेको छ।

मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख र हिमालयन डिस्टिलरीको ९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया