उच्च अंकले घटेको शेयर बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबार दिन शेयर बजार ओरालो लागेको छ । आइतबार र सोमबार उच्च अंकले बढेको शेयर बजार आज ओरालो लागेको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा ११५ अंकले बढेको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक ४४.८० अंकले घटेर २०८८.१६ को बिन्दुमा झरेको छ । 

नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १९ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख र राधि विद्युत कम्पनीको ८ करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया