आफ्नै टीएमएस सञ्चालनको स्वीकृति माग्दै नेप्सेमा ब्रोकरहरुको निवेदन

३ बर्ष अगाडि

ब्रोकहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका छन्।

नेपाल धितोपत्र बोर्डले सेयर कारोबार विनियमावली २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर लागू गरेको छ। सोही कार्यविधिअनुरुप ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका थिए।

हालसम्म नेप्सेको टीएमएस प्रयोग गर्दै आएका ब्रोकरहरुले उक्त विनियामवालीमा भएको व्यवस्थाअनुरुप नै स्थानीय प्रतिनिधि छनौट गरी आवश्यक प्रक्रिया अघि बढाएका छन्। अहिले सञ्चालनमा रहेका ३७ वटा ब्रोकरले स्थानीय प्रतिनिधि ‘डिजीहब’मार्फत टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका हुन्।

नेप्सेले जारी गरेको कार्यविधिअनुरुप आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकरहरुले नेप्सेबाट स्वकृति लिनुपर्ने हुन्छ। नेप्सेबाट स्वीकृति लिएपश्चात ब्रोकरहरुले कार्यविधिमा भएको व्यवस्थाअनुरुप टीएमएसको परीक्षण गर्नुपर्छ।

ब्रोकरहरुले हिजो (सोमबार)बाट नेप्सेमा आफ्नै टीएमएस सञ्चालनका लागि निवेदन दिन सुरु गरेका छन्। हिजो ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिजले नेप्सेमा टीएमएस सञ्चालनको स्वीकृतिका लागि निवेदन दिएको छ। 

ब्रोकर सञ्चालकहरुका अनुसार नयाँ ब्रोकर लाइसेन्सको स्वीकृतिका लागि आज पनि केही ब्रोकरहरुले नेप्सेमा निवेदन दिने गरेका छन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया