“एनसीसी बैंकको मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा”

३ बर्ष अगाडि

काठमाडौं- एन.सी.सी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो VISA डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट बाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सकिनेछ । 

यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे (Scan to Pay) माध्यमबाट १,५०० भन्दा  बढी मर्चेन्टहरुमा VISA QR Code प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ ।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया