मन्दाकिनी हाइड्रोपावरको आईपीओमा ६ लाख बढी आवेदन,करिब ७१ लाख कित्ता शेयर खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं, मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओमा ६ लाख बढी आवेदन परेको छ । 

सीडीएस क्लियरिङका अनुसार मंगलवार साढे १० बजेसम्म ६ लाख १३ हजार ६९७ जना आवेदकले ७० लाख ८३ हजार ९ सय कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई निष्कासन गरिएको शेयरको ६.४७ गुणा बढी हो । 

कम्पनीले साउन ९ गतेदेखि ११ करोड ७६ लाख ७ हजार ३०० रूपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 
 
यस आईपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।  
 
विक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया