प्रतिशेयर आम्दानी रु.४५.३४ रहेको ग्लोबल आइएमई लघुवित्तको नाफा २५ करोड माथि, अन्य अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी खुद नाफा गरेको छ ।

वित्तिय विवरण अनुसार कम्पनीले  अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी खुद नाफा कमाएको छ । अघिल्लो वर्षको असार मसान्तमसम्म रु.२२ करोड ७६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रु.२५ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको हो । 

यस्तै, अघिल्लो वर्ष रू. ३१ करोड ३२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३९ करोड ७६ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि ३३.४५ प्रतिशत बढेर रू. ४६ करोड ९ लाखभन्दा बढी पुगेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ४ अर्ब ६३ करोड ४१ लाख कर्जा सापटी लिएको कम्पनीले ३३.७४ प्रतिशत बढी रू. ८ अर्ब २४ करोड २१ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष ३८.४६ प्रतिशत बढी रू.२ अर्ब ९६ करोड १२ लाख निक्षेप संकलन गरेको छ ।

अघिल्लो वर्ष २.६६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १.६४ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४५.३४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू १८३.४२ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया