गरिमा विकास बैंकका ग्राहकलाई सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा १०% देखि २५% सम्मको छुट

३ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंकका ग्राहकले चितवनको भरतपुरस्थित सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा आकर्षक छुट पाउने भएका छन्। 

बैंकले ती दुवै संस्थासँग त्यहाँबाट प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका डेबिट कार्ड र गरिमा डिजी बटुवा प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले सिराई होटलबाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशत सम्म र फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्। 

यसका साथै एनपिआई नारायणी सामुदायिक अस्पतालको विभिन्न सेवामा गरिमा विकास बैंकका ग्राहकले आर्कषक १० प्रतिशत छुट प्राप्त गर्ने छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया