प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, २ हजार ३२३ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबार दिन (मंगलबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५४.४५ अंक बढेर २१३२.९६ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा १.१७ अंक बढेर २०३४.१३ विन्दुमा पुगेको छ। 

मंगलबार प्रि ओपन सेसनमा ३० स्टकको १४ लाख ४४ हजार ३३१ रुपैयाँ ५० पैसा बराबरको २ हजार ३२३ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये २१ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया