काठमाडौं, साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको निकोसिया सहरमा रहेको THEO EMPLOYMENT & TRAVEL LTD कम्पनीले विभिन्न पदका लागि १५ जना पुरुष र ७ जना महिला गरी जम्मा २२ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्नेछ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खन बस्नसहित ४० हजार माथिदेखि एक लाख ६४ हजार बढि पाउनेछन् । इच्छुक कामदारले गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रालिको कार्यालय तीनकुने काठमाडौंमा साउन १६ गते अन्तरवार्ता दिनु पर्नेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया