काठमाडौं, एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभाबाट लाभांश अनुमोदन भएको छ। बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित ८.९५ प्रतिशत लाभांश अनुमोदन गरेको हो।
सभाले चुक्तापुँजीको ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश पारित गरेको छ।
बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि गरी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७०.९३ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
प्रतिक्रिया