पछिल्लो २४ घण्टामा ५६८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु र कति पुग्यो सक्रिय संक्रमितको संख्या ?

३ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको ३ हजार ८४ पीसीआर परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ७१६ एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ९५ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा ३ हजार ५३४ जना सक्रिय संक्रमित छन् ।

यसैगरी, स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बितेको २४ घण्टामा मुलुकभर ६३ हजार ३७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया