राधी विद्युतले ९५ लाख ३५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

३ बर्ष अगाडि

काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १ः१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६०.९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । 

वैशाख २८ गते हकप्रद सेयर निष्कासनको अनुमति माग्दै कम्पनी सेबोन पुगेको थियो । बोर्डबाट आज श्रावण ९ गते अनुमति पाएको हो ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया