नेप्सेमा दुई म्युचुअल फन्डको इकाइ सूचीकृत, कुनको कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा सोमबार दुईवटा म्युचुअल फन्ड सूचीकृत भएका छन्।

नेप्सेमा एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया फ्लेक्स क्याप फन्ड र कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने कुमारी धनवृद्धि योजना सूचीकृत भएका हुन्। 

नेप्सेमा १० रुपैयाँ अंकित दरका एनआईसी एसिया फ्लेक्स क्याप फन्डका १० करोड २० लाख इकाइ र कुमारी धनवृद्धि योजनाका १२ करोड २५ लाख ७ हजार २५९ इकाइ सूचीकृत भएका छन्। 

एनआईसी एसिया फ्लेक्स क्याप फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कुमारी धनवृद्धि योजनाको योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेका छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया