काठमाडौं,साउन महिनाको पहिलो वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार साउन पहिलो साता १ गतेदेखि ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ। योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी साउनको पहिलो वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ। साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।
साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको छ।
प्रतिक्रिया