काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा हरियाली छाएको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा सकरात्मक चमक देखिन थालेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज पनि ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज नेप्से परिसुचक सहित कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यस्तै,शेयर बजारमा हरियलाी छाँउदा आज ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्यादय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाईटेड मोर्दी, मानुषी लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, समृद्धि फाइनान्स ९.९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर ९.९४ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस दिन शिवम् १५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अरुण काबेली पावरको पनि १४ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया