७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीको शेयरमूल्य कतिले बृद्धि ?

३ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा हरियाली छाएको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा सकरात्मक चमक देखिन थालेको छ ।  

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज पनि ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर बन्द भएको छ । 

शेयर बजारमा हरीयलाी छाँउदा आज ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। 

नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्यादय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाईटेड मोर्दी, मानुषी लघुवित्त र  बलेफी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

यस्तै, समृद्धि फाइनान्स ९.९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९.९६ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर ९.९४ प्रतिशतले बढेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया