काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजारमा हरियाली छाएको छ । गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजारमा सकरात्मक चमक देखिन थालेको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज पनि ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज नेप्से परिसुचक सहित कारोबार रकममा पनि राम्रो सुधार देखिएको छ । नेप्सेमा सूचीकृत २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेली पावरको १४ करोड ५१ लाख, एनटिसीको ११ करोड ५१ करोड, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख र अपर तामाकोशी हाइड्रोपावरको १० करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया