अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक (दस्तावेजसहित)

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्। 

सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४.४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। 

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ। 

यसैगरी गैरखाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा बढेको छ। 

यस्तै तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका सबै समूहमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ। 

तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ। एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति चैत २०७८ को तुलनामा थोरै घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३।५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। 

 

३ बर्ष अगाडि

प्रतिक्रिया