नेप्से अपडेट  : ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

सातको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेचञ्ज(नेप्से) मा कारोबार सुरु भएको करिब ३ घण्टाको अवधीका ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

सो अवधीसम्म श्री इन्भेष्टमेण्ट फाइनान्स,मल्टीप्रपोप फाइनान्स,सूर्यादय वामी लघुवित्त र बेलफी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो । 

गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि कारोबारको पहिलो दिन आइतबार र आज शेयर बजारमा हरियाली छाएको छ । आज कारोबार सुरु भएको लगभग तीन घण्टाको अवधीमा नेप्से परिसुचक करिब ४५ अंकले बढेर २१२१.४३ को बिन्दुमा पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया