काठमाडौं- मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधामले प्रदेश कानूनी सहायता अधिकृतको लागि कर्मचारी माग गरेको छ ।
कार्यालयले एक सूचना जारी गरी उक्त पदका लागि दुई जना जनशक्ति माग गरेको हो । उक्त पदमा कानून संकायमा स्नातक गरेको र अधिवक्ताको प्रमाणपत्र पाएको व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया