मलेसियाले सबै श्रोत मुलुकबाट विदेशी कामदार आपूर्ति गर्ने

३ बर्ष अगाडि

एजेन्सी - ईण्डोनेसियासँग तनाव बढेपछि मलेसियाले सबै श्रोत मुलुकबाट प्रमुख तीन क्षेत्रमा विदेशी कामदार आपूर्ति गर्ने निर्णय गरेकोे छ । 

मलेसियाका गृह तथा मानव संशाधन मन्त्रालयको संयुक्त बैठकपछि निर्माण, उत्पादन र सेवा उद्योगहरूमा सबै श्रोत मुलुकबाट कामदार ल्याउन दिने निर्णय गरेकोे हो । 

नेपाल, भारत, ईण्डोनेसिया, कम्बोडिया, भियतनाम, बंगलादेश, श्रीलंका लगायतका १५ मुलुकबाट कामदार लैजाने गरेकोे छ । पछिल्ला दिनमा नेपालबाट मलेसिया जानेक्रम बढेको छ ।

 ईन्डोनेसियाले आफ्नो मुलुकसँग मलेसियाले दुई देशबीच भएको कामदार भर्ना सम्झौता उल्लंघन भएको भन्दै प्लानटेसनका क्षेत्रमा ल्याउने भनिएका हजारौं कामदार मलेसियामा पठाउन अस्थायी रूपमा रोक लगाएको छ ।

ईण्डोनेसियाको उक्त प्रतिबन्धले मलेसियाको पालम आयल क्षेत्रमा विदेशी कामदारको अभाव खट्किएको छ । मलेसिया  विश्वको दोस्रो सबैभन्दा ठूलो पाम आयल उत्पादक मुलुक हो । 

आफ्ना नागरिक नपठाउने ईन्डोनेसियाको यस्तो निर्णयले मलेसियाको आर्थिक अवस्थामा पुनः असर पर्ने साथै तेलको अभाव हुनसक्ने मलेसियाका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया