युनियन लाइफद्धारा २ लाख ३२ हजार मृत्यु बीमा दाबी रकम भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- युनियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । 

कम्पनीले मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला श्रीमति सीता सोडारीलाई चेक हस्तान्तरण गरेको हो ।

मंगलसेन शाखाका प्रमुख पंकज बहादुर साउदले एक कार्यक्रमकाबीच बीमितको परिवारलाई २ लाख ३२ हजार ३१२ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख साउदसहित ब्यापक स्टाफ टंक बोहरा, एजेन्सी म्यानेजर रञ्जना कुमारी रावल सोडारी लगायतको सहभागिता रहेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया