काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंक बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४७ अंक बढेर २०८१.९८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२३ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २४ स्टकको ८ लाख ६२ हजार ७८३ रुपैयाँ ५० पैसा बराबरको २ हजार १९४ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १९ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया