काठमाडौं - सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२१’ अवार्डबाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान0 ले आर्थिक वर्ष २०२०–२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहीता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।
उक्त अवार्ड शुक्रबार काठमाण्डौको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरेका गरिएको थियो ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसिया फेडरेसन अफ एकाउन्टेन्ट्स ९साफा०द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया