एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच ‘आइडीया टु आइपीओ’ सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया क्यापिटल र मेरो जब लिमिटेडबीच ‘आइडीया टु आइपीओ’ बारे सम्झौता भएको छ ।

क्यापिटलले 'आइडी टु आइपीओ' सम्बन्धि संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल र मेरो जबबीच सम्झौता भएको हो ।

मेरो जब लिमिटेडले मेरो जब डट कम जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया