राप्ती हाइड्रोको आईपीओको नतिजा कसरी हेर्ने ?

३ बर्ष अगाडि

काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा उक्त आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँड गरेको हो । भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा १२ लाख ७२ हजार ६०४ आवेदको हात खाली भएको छ । 

यो आईपीओको अन्तिम नतिजा केही घन्टामा सार्वजनिक हुनेछ । आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिनेछ। सीडीएससीको https://iporesult.cdsc.com.np मा पनि अन्तिम नतिजा सार्वजनिक हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया