काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा उक्त आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँड गरेको हो । भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको हो । आईपीओमा कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन रद्द भएका छन् भने १ हजार ४२४ आवेदन स्वीकृत भएका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँड गरिएको हो ।
प्रतिक्रिया