काठमाडौं - प्रोग्रेभिभ फाइनान्स लिमिटेडको सवा ८ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक समूहको ८ लाख ३२ हजार ६३२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यी सेयरमा हाल संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न गर्न सक्नछन् । कम्पनीले इच्छुक संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको छ ।
यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुले खरिद आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया