बाजुरामा पुनः हिमपात

७ बर्ष अगाडि

बाजुरा – एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । 

हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । 

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । 

हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताउनुभयो । बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया