२ अर्ब २ करोड माथि नाफा कमाउन सफल एनसीसी बैंकको ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी बैंक) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१।९३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ३९।१७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ  समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २५ पैसा बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११।६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २२.९६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २६.१६ प्रतिशत र कर्जा २८.१३ प्रतिशत बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया