टक्सार पिखुवाखोला हाइड्रोले बोलायो पहिलो वार्षिक साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - टक्सार पिखुवाखोला हाइड्रोको पहिलो वार्षिक साधारणसभा हुने भएको छ । उक्त साधारणसभा यही साउन ३० गते बिहान ११ बजे कम्पनी रजिष्ट्रारको कार्यालय खिचापोखरीमा हुने कम्पनीले जनाएको छ ।

२०७९ साउन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार पहिलो वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने छ । 

यस्तै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने, जगेडा शेयर समेत खरिद बिक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, साथै साधारणसभाबाट शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओको लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेमा विषय पारित गर्ने रहेको छ ।

कम्पनीले अन्य आयोजनामा लगानी गर्ने बारे सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया