काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.८२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६०।५६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ९०.७२ प्रतिशत बढेको छ ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ५५ पैसा बढेर २७ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.२८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ६६.२५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९.८३ प्रतिशत र कर्जा २७.२२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया