राधी विद्युत कम्पनीले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले साउन ३० गतेका लागि साधारण सभा बोलाएको छ । 

आइतबार बसेको सञ्चालक समितिको बैठकले साधारधण सभाको मिति र बुक क्लोज घोषणा गरेको छ । सभामा सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी प्रस्ताव पारित गर्ने छ । 

त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव तथा सही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको प्रस्ताव सभामा पेश गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया