श्वेत गंगा हाइड्रोपावरको २३ लाख ८९ हजार कित्ता आईपीओमा १६ लाख बढीको आवेदन,करिब २ अर्बको शेयर माग

३ बर्ष अगाडि

काठमाडौं- श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा १६ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ वटा आवेदनबाट एक अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ३९ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ७० हजार २५ कित्ताको ८.०३ गुणा बढी हुन आउँछ ।

कम्पनीले साउन ४ गते देखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ । भने बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख २७ हजार २ जनाले मात्रै शेयर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया