काठमाडौं- नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
आगामी मंगलबारका लागि केन्द्रीय बैंकले २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ।
राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ।
यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी कार्तिक ८ गते परिपक्व हुनेछ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।
प्रतिक्रिया