पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

३ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको २ हजार ३६० पीसीआर परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ५२८ एन्टिजेन परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ९५ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा ३ हजार १७७ जना सक्रिय संक्रमित छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया