३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) शेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबारको दिन शेयर बजार उच्च अंकले बढेको हो । 

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २७.२६ अंक घटेर २०१७.४६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज ६१.०५ अंकले बढेर २०७८.५१ को बिन्दुमा पुगेर बन्द भएको हो । 

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिप्रपोज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। तीन वटै कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । 

यस्तै,स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.६८, रिलायन्स फाइनान्सको ९.६५ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.३९ प्रतिशत र बेष्ट फाइनान्सको शेयरमूल्य ९.२६ प्रतिशतले बढेको हो ।  

३ बर्ष अगाडि

प्रतिक्रिया