काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) शेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबारको दिन शेयर बजार उच्च अंकले बढेको हो ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २७.२६ अंक घटेर २०१७.४६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज ६१.०५ अंकले बढेर २०७८.५१ को बिन्दुमा पुगेर बन्द भएको हो ।
नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ३९ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आइतबारको बजारमा फाइनान्स र विकास बैंकमा नै लगानीकर्ता बढी आकर्षण देखिएको छन्। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको पनि ५.१० प्रतिशतले बढेको छ। यस दिन १३ वटै उपसमूहको सूचक सकारात्मक छन्।
उच्च रुपले शेयरमूल्य बढ्ने १० कम्पनीमा ६ वटा फाइनान्स कम्पनी नै रहेका छन् जसमा तीन फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस दिन म्युचुअल फण्ड र डिबेन्चर बाहेक युनिलिभर कम्पनीको मात्रै शेयरमूल्य घटेको छ।
प्रतिक्रिया