काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । कम्पनीको सीईओमा रामदयाल राजबंशी नियुक्त भएका हुन् ।
साउन ७ गते शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन १५ गतेबाट लागू हुने गरी राजबंशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय दुवही सुनसरीमा रहेको छ ।
प्रतिक्रिया