काठमाडौं - खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु। १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ ।
यस अफरअन्तर्गत फ्लाइट टिकटहरु खरिद गर्ने खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता दुई भाग्यशाली विजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन् । यसका साथै बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौकासमेत रहेको छ ।
यतिमात्र नभई खल्तिबाट पहिलो फ्लाइट बुकिङमा प्रदान गर्दै आएको रु। २५० को क्यास्ब्याकमा वृद्धि गरी रु. ५०० भएको छ । खल्ती प्रयोगकर्ताले प्रोमोकोड 'FLYWITHKHALTI' प्रयोग गरी आफ्नो पहिलो फ्लाइट टिकट बुकिङमा १० प्रतिशत क्यस्ब्याक (रु. ५०० सम्म) पाउनेछन् ।
यो अफर साउन ५ भदौ १५ सम्म मान्य छ। केवाईसी भेरिफाई भएका प्रयोगकर्ताले यो अफरमा भाग लिन सक्नेछन् ।
यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्नेजस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ ।
प्रतिक्रिया