रियल मड्रिडमाथि बार्सिलोनाको जित

३ बर्ष अगाडि

एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजन क्लब मैत्रिपूर्ण खेलमा जित हात पारेको छ । आज सम्पन्न खेलमा ला लिगा प्रतिस्पर्धि रियल मड्रिडमाथि १–० को जित हात पारेको हो ।

अमेरिकाको एलिजीयन्ट स्टेडियममा खेलको २७ औं मिनेटमा राफिन्हाले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो । 

प्रि–सिजन भ्रमणमा बार्सिलोनाको यो तेस्रो जित हो । यसअघि उसले ‘ए’ लिग अल स्टार्सलाई ३–२ र इन्टर मियामीलाई ६–० पराजित गर्दा युनियन स्पोर्टिभा ओलोटसँग १–१ को बाराबरी खेलेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया