प्रि ओपन सेसनमै करिब साढे १० अंकले बढ्यो नेप्से, ५४ लाख ४४ हजार बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २७.२६ अंक घटेर २०१७.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.३४ अंक बढेर २०२७.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.११ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५२ स्टकको ५४ लाख ४४ हजार २५८ रुपैयाँ २० पैसा बराबरको ११ हजार ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ३६ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया