गत साता ८ अंकले बढेको शेयर बजारको यात्रा यस साता कता ?

३ बर्ष अगाडि

गत साता नेपाल स्टक एक्सेचञ्च (नेप्से) परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो साता २००९.४६ विन्दुमा बन्द भएको नेप्से, गत साता ८ अंक बढेर २०१७.४६ विन्दुमा पुगेको छ।

साताका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस साताको बजारलाई गत शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले प्रभाव पार्ने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी साँघुरिएको छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताहरुको तुलनामा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

नेप्से सामान्य अंक बढेपनि गत साताको भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६१ करोडको शेयर कारोबार भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ९९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १९.३० प्रतिशत कम हो।

गत साता १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.६२ प्रतिशत बढेको छ।

अघिल्लो साता ५०९१.०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ८२.६६ अंक बढेर ५१७३.७४ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ४७५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन यस उपसमूहमा रातो मारुबोजु बनेको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

३ बर्ष अगाडि

प्रतिक्रिया