एचआइडीसीएलले पुन बिक्रीमा ल्यायो संस्थापक सेयर, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले साउन १५ गतेबाट बिक्रीमा ल्याएको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयरको पुनः लिलामी खुला हुन सूचना आइतबार प्रकाशन गरेको हो । लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पस्र्धी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं रहेको छ । बोलपत्र फारम बिक्री प्रबन्धकको कार्यालयबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । 

यस्तै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया