काठमाडौं - अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी भदौ ५ गते १४औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ वार्षिक साधारण सभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो ।
आयोजनाको लागत उच्च बढेर ८८ अर्ब माथि पुगेको कम्पनीले सभामा लगानीकर्तालाई कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । बरु सेयरधनीबाट थप पुँजी संकलनका लागि एक बराबर एक अनुपातमा हकप्रद बिक्री गरेर ऋण तिर्न पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।
सभामा सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई अनुमोदन गर्ने,समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन गर्ने प्रस्ताव छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन १८ गते बुधबार एक दिन सेयर दाखिल खारेजी गर्ने भएको छ । बुकक्लोज अनुसार अनुसार साउन १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र १४ औं वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया