सिन्धु विकास बैंकद्धारा उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर तथा एक्विजिसनमा जाने प्रस्ताव पारित

३ बर्ष अगाडि

काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारण सभाबाट उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

मिरावल रिर्सोट एण्ड होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा साउन ६ गते शुक्रबार सम्पन्न बैंकको सभाले सो प्रस्ताव पारित गरेको हो । 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायत सर्वसाधारण समुहको तर्फबाट आगामी ४ बर्षका लागी संचालक समेत चयन गरेको छ । सभाले संजिव प्रधान, समिर कक्षपति र बसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेको हो ।

साथै उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य तथा कर्मचारी सञ्चय कोषका प्रतिनीधि दिनेश कुमार केसीले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए । 

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया