प्राइम लाईफ कर्मचारी संगठनको अध्यक्षमा पुनः निर्वाचित भए खड्का

३ बर्ष अगाडि

काठमाडौं - प्राइम लाईफ इन्स्योरेन्सको कर्मचारी संगठनको अध्यक्षमा हरि बहादुर खड्का पुनः निर्वाचित भएका छन् । 

संगठनको चौथो महाधिवेशनबाट खड्का अध्यक्ष पदमा पुनस् निर्वाचित भएका हुन् । लगातार चौथो पटक खड्काले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् । 

चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री,महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी,कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित १५ सदस्यीय कार्य समिती सर्व सम्मतरुपमा चयन गरेको संगठनले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया