निष्क्रिय कर्जा घटेका कारण लुम्बिनी विकास बैंकको नाफा उल्लेख्य बढ्न पुग्यो, ईपीएस कति ?

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.६९ प्रतिशत बढी हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १०.९८ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १६।९२ प्रतिशत र सञ्चालन मुनाफा ६०।०२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेको छ भने जगेडा कोष ६.१५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १७.८८ प्रतिशत र कर्जा २८.३३ प्रतिशत बढेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । 

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा बढेर २० रुपैयाँ ५७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा रहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया