काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको विभिन्न तीन कम्पनीले विभिन्न पदका लागि २० जना पुरुष र ४० जना महिला गरी जम्मा ५० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खन बस्नसहित ४० हजार माथिदेखि एक लाख ६८ हजार बढि पाउनेछन् । इच्छुक कामदारले कालिञ्चोक एच. आर. प्रालिको कार्यालय समाखुसी काठमाडौंमा साउन १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया