कुवेतले माग्यो नेपाली ड्राइभर,मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कुवेतले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको एक कम्पनीले कार ड्राइभरका लागि ९ जना र बाइक ड्राइभरका लागि ६ जना गरी जम्मा १५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । जना नेपाली नर्सको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब एक लाख ६२ हजार बढि पाउनेछ । इच्छुक कामदारले गल्फ स्टार ओभरर्सिज प्रालिको कार्यालय सामाखुसी  काठमाडौंमा साउन १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया